• १ चैत २०८१, शुक्रबार

एमालेले सचिवालय बैठक बोलायो

blog

फाइल तस्बिर

काठमाडौँ, चैत १ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले यही चैत ४ गते सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो । 

सचिव डा. अधिकारीका अनुसार उक्त बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुने छ । बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने छ । रासस