• २८ फागुन २०८१, बुधबार

कपिलवस्तु –११ ले चुम्यो सुनगाभा सैनामैना गोल्डकप उपाधि

blog

फाइनलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

छवि पाण्डे 

सैनामैना, २८ फागुन । कपिलवस्तु–११ ले सैनामैनाको मुर्गियामा भैरहेको प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चुमेको छ । 

मुर्गिया फुटबल क्लबको आयोजनामा बुधबार सैनामैनाको मुर्गियास्थित रङ्गशालामा भएको फाइनल खेलमा अभिषेक चर्च रजहर नवलपुरलाई १–० गोलले हरायो ।

कपिलवस्तुको जितमा मोहम्मदले गोल गर्नुभयो । १० दिनसम्म चलेको उक्त खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । विजेता कपिलवस्तुले ७ लाख रुपियाँ पुरस्कार पायो ।

उपविजेता अभिषेक चर्च रजहर नवलपुरले ४ लाख रुपियाँ पायो । प्रतियोगिता समापनमा नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहभागिता रहेको थियो ।