शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
फेर्रिरह्यो याम धेरै
मन फेर्रिएन
तिमीले बाटो मोडे पनि
तस्बिर केर्रिएन
पुग्यौ तिमी टाढा कतै
किनार बनँे म त
सम्झनाका ठेलीहरू
पल्टिँदैछन् अझ
उडान भर्छु भन्ने मनमा
गाँठो परेको छ
आँखाबाट साउन–भदौ
सधैँ झरेकोे छ
जिन्दगीको अन्तिम पाना
पल्टिरहँदा पनि
तिम्रै खुसी, तिम्रै हाँसो
हेर्ने मन छ नि !