पूर्णिमाले पूर्णता पाए अब ता,
यो धरामा खुसियाली छाए अब ता !
बुद्धले बोधिज्ञान पाएको दिन,
संसारमा महानिर्वाण छाएको दिन,
शून्यताले पूर्णता पाए अब ता,
धराभरि करुणता छाए अब ता !
सिंहनाद जस्तो ज्ञान पाएपछि त,
हृदयमा शान्तिध्वनि छाएपछि त
धराभरि जग्मगाए सहिष्णुता,
स्वयम् सम्बुद्ध बनौँ हामी, स्वयम् पूर्णता !
तारासरि लोकेश्वर आए अब ता,
धराभरि महानिर्वाण छाए अब ता !