• २० चैत २०८१, बुधबार

पाँचथर गोल्डकपको ट्रफी सार्वजनिक

blog

पाँचथर गोल्डकपको ट्रफी सार्वजनिक गर्दै आयोजक परिवार। तस्बिरः राधा लुइेटेल

राधा लुइटेल 

फिदिम, फागुन २३ गते। पाँचौं पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ । प्रतियोगिताको सबै तयारी पुरा भएसँगै आयोजकले ट्रफी सार्वजनिक गरेको हो। 

सदरमुकाम स्थित फिदिम माविको खेल मैदानमा शनिबार दिउँसो २ बजे सुरु हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र इन्ट्रा पथरी फुटबल क्लब, मोरङ भिड्दै छन्।

प्रतियोगितामा ए डिभिजन क्लबका चार टिम चर्च ब्वाइज, भारतको हिल्स फुटबल एकेडेमी,  मच्छिन्द्र फुटबल क्लब, हिमालय शेर्पा क्लब, सप्तरीको नमोबुद्ध युथ क्लब, नेपाल पुलिस क्लब, पथरी क्लब मोरङ र  पाँचथर क्लबले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा विजेताले ११ लाख १ हजार र दोस्रोले पाँच लाख ५५ हजार रुपियाँ प्राप्त गर्नेछन्। प्रतियोगिताका लागि ए डिभिजनका चारसहित आठ टिम दर्ता भएको आयोजक पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकले बताउनुभयो । प्रतियोगिताको फाइनल खेल चैत्र २ गते हुनेछ।