• १३ असोज २०८१, आइतबार

तारा एयर दुर्घटना छानविनका लागि जाँच आयोग गठन

blog

काठमाडौं, जेठ १६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको विमान दुर्घटनाको कारण बारे छानविन गर्न पाँच सदस्सीय दुर्घटना जाँच आयोग गठन गरकेो छ । मन्त्रालयले सोमबार गैर सैनिक हवाई नियमावली २०७१ बमोजिम वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो ।

जाँच आयोगका अनुसन्धानकर्ता एवं सदस्यहरुमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने छन् । यस समितिलाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता प्रकारका घटना दोहोरिन नदिने उपाय पनि सिफारिस गर्नेछ । 

आइतबार पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको ट्वीनअटर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । विमानमा चारलकदका सदस्य सहित २ जना यात्रु सवार थिए । मन्त्रालयले चालक दलमा सदस्यसहित दुर्घटनामा मृत्युभएका यात्रुप्रति हार्दिक श्रद्धान्जली समेत ब्यक्त गरेको छ ।