• ८ जेठ २०८१, मङ्गलबार

स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ

blog

स्रोत नखुलेको रकमसहित पक्राउ परेका भारतीय युवक ।

महेशकुमार दास
जलेश्वर, जेठ १६ गते ।
स्रोत नखुलेको रकमसहित एक भारतीय युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

भारत विहारको पानावेला ग्रामपञ्चायत–१३ घर भएका २२ वर्षीय युवक जिशान शेखलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सम्सी गाउँपालिका–६ स्थित मस्जिद नजिक जेएच०१.९१०८ नम्वरको भारतीय सिबिजेड मोटरसाइकल चढी नेपालतर्फ आउँदै गरेको युवक शेखमाथि शङ्का लागी खानतलासी गर्दा प्लाष्टिकमा बेरिएको अवस्थामा भारु रुपियाँ फेला गरेको हो ।

प्रहरीले सोधखोज गर्दा स्रोत नखुलेकाले रकमसहित युवकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभएको छ ।

प्रहरीले शेखको साथबाट पाँच सय दरको भारतीय नोट ८९६ थान र दुई हजारको नोट एक थान गरी चार लाख ५० हजार रुपियाँ बरामद गरेको छ ।

बरामद गरिएको रकमसहित युवकलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभएको छ ।

त्यस्तै, महोत्तरीको बर्दिवास नगरपालिका–११ स्थित बाँके खोलाको बाँधबाट लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

बर्दिवास नगरपालिका–११ खैयरमारा र सर्लाहीको सीमानामा रहेको बाँके खोलाको बाँध नजिकबाट प्रहरीले पाँच किलो लागअूऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताउनुभएको छ ।

प्रहरी नायब उपरीक्षक विष्टका अनुसार ना२३प १३४३ नम्बरको मोटरसाइकलमा पाँच किलो गाँजा सर्लाहीतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि गाँजा र मोटरसाइकल छाडेर चालक फरार भएका थिए ।

कालो ब्यागभित्र पोका बनाई राखिएको गाँजा र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई फरार भएका व्यक्तिको खोजी कार्य भइरहेको र थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।