• २ असार २०८१, आइतबार

त्रियुगामा कांग्रेसका बस्नेतको जित निश्चित

blog

त्रियुगा नगरपालिकाको प्रमुख र उपप्रमुखको जित नजिक रहनुभएका वसन्त बस्नेत र महेश्वरी राई । तस्विरः भोटराज राई

उदयपुर, जेठ १६ गते । त्रियुगा नगरपालिकाको प्रमुखमा कांग्रेसकका उम्मेदवार वसन्त बस्नेतको जित निश्चित भएको छ । 

 ३८ हजार ३७४ मत परिणामले प्रमुखमा बस्नेतको जीत पक्का गरेको हो । बस्नेतले १३ हजार २६३ मतका साथ विजय पक्का भएको हो । दोस्रोमा एमालेका उम्मेदवार भागवत राउत रहनुभएको छ । उहाँको ११ हजार २३२ रहेको छ भने तेस्रो मत गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) को बलदेव चौधरीको आठ ८९९ मत रहेको छ । अब मत गणना गर्न एक हजार ८०५ बाँकी रहेको छ भने बस्तेतको अग्रता दुई हजार २३ मत भएको छ । 

उपप्रमुखमा भने एमालेकी महेश्वरी राईको प्रष्ट अग्रता छ । राईको १२ हजार ८७६ मतका साथ अग्रता रहेको छ । कांग्रेक उम्मेदवार  सरिता राईको दोस्रो मत ११ हजार ४५१ मत रहेको छ ।  राईको  एक हजार ४२५ मतले अग्रता छ । यो अग्रताले उहाँको जित निश्चित भएको छ । त्रियुगामा वडा नं. १० र ११ को मतगणना चलिरहेको रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।