• १३ साउन २०८१, आइतबार

बिद्युत पुगेसँगै ठेकीबाट चुनाराकाे आम्दानीमा बृद्धि

blog

गाउँमा बिद्युत विस्तार भए पछी घरमै मेसिन जडानगरी ठेकी बनाउदै भित्रिशैनका चुनारा । तस्बिरः पुष्कर भण्डारी ।

डडेल्धुरा, जेठ १४ गते । पानीबाट मेसिन सञ्चालन गरेर ठेकी बनाउँनेहरु अहिले बिद्युत मेसिनबाट ठेकी (कुद्ने) बनाउँन थाल्नु भएको छ । बिद्युतबाट ठेकी बनाउन थालेपछि ठेकी उत्पादन समेत बृद्धि भएपछि चुनारा परिवारको आम्दानीमा बृद्धि भएकोछ । कम समयमा धेरै आम्दानी गर्न सकिने र खोलामा बास बस्नु पर्ने बाध्यताको समेत अन्त्य भएको छ ।

परम्पारगत प्रबिधिबाट ठेकी बनाउँदै आईरहनु भएका डडेल्धुराका ठेकी बनाउँनेहरु अहिले भने नयाँ प्रबिधिलाई प्रयोगमा ल्याउँन थाल्नु भएको छ । एउटा ठेकी बनाउन पाँच दिनसम्म लाग्ने भएपनि विद्युत मेसिन जडानसँगै आधासमय बचत हुने गरेको जोगराज चुनाराले बताउनुभयो । खोला किनारमा पानीबाट मेसिन सञ्चालन गरी ठेकी बनाउँने गरेको भए पनि पछिल्लो समय गाउँगाउँमा बिद्युतको पहुँचसँगै बिद्युत मेसिन सञ्चालन गरी ठेकी बनाउँन थालिएको छ । 

बिद्युतबाट मेसिन सञ्चालन गरी ठेकी बनाउँन थाले पछि जङगल र खोलामा बास बस्नु पर्ने बाध्यताको अन्त्य भएको आलिताल गाउपालिका–५ भित्रिशैनका जोगराज चुनाराले बताउनुभयो । पहिले खोलाबाट कुलो बनाई पानीबाट मेसिन सञ्चालन गर्नु पथ्र्याे । उहाँले भन्नुभयोे, खोला, जङगलमा नै बासबस्नु पर्ने हुन्थ्यो, तर अहिले घरमै बनाउदा सजिलो भएको छ ।

आलिताल गाउँपालिका, परशुराम नगरपालिकामा चुनार परिवारले ठेकी बनाएर आम्दानी गर्दै आएका छन् । पुर्खाै देखी ठेकी बनाएर जिविकोपार्जन गर्दै आइरहनु भएकाहरु पछिल्लो समयमा सहज रुपमा ठेकी बनाउँनका लागि काठ नपाउँदा समस्या हुने गरेको छ । 

दही र मोही बनाउदा मिठो मानिने भएकाले माग दिनानु दिन बड्दो अवस्थामा छ । प्रति ठेकी तीन हजारदेखी ५ हजार रुपियाँसम्ममा विक्री हुने गर्दछ ।

Author

पुष्कर भण्डारी