• ४ मंसिर २०८२, बिहिबार

महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

blog

केन्याका खेलाडीलाई घेर्दै नेपालका खेलाडी ।

काठमाडौँ, मङ्सिर ४ गते । नेपालले बङ्गलादेशमा जारी महिला कबड्डी विश्वकपमा तेस्रो जित निकालेको छ । 

ढाकामा बिहीबार भएको समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालले केन्यालाई २८–२१ ले हरायो । यस जितसँगै नेपालले चार खेलबाट ६ अङ्क बनाएको छ ।

नेपालले समूहको पहिलो खेलमा जन्जिबरलाई ५८–१६ ले हराएको थियो । नेपालले दोस्रो खेलमा पोल्यान्डलाई ६३–२५ ले हराएको थियो ।

नेपालले तेस्रो खेलमा भने चाइनिज ताइपेईसँग ३१–१५ ले पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेल शनिबार इरानसँग खेल्नेछ ।