• १३ साउन २०८१, आइतबार

महाराजगञ्ज नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

blog

नारद कोहार

तौलिहवा, जेठ ११ गते।कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।नगरप्रमुखमा नेपाली कांग्रेसका अब्दुल कलाम खाँ र उपप्रमुखमा रिताकुमारी कुर्मी निर्वाचित हुनुभएको हो ।

नगर प्रमुख खाँले १० हजार दुई सय मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का रामदास चौधरीले ८ हजार ६६८ मत प्राप्त गर्नुभएको छ। खाँ २०७४ को निर्वाचनमा पनि नगर प्रमुखमा निर्वाचित भएका थिए।निर्वाचित भएका खाँ नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति हुन् ।

त्यस्तै उपप्रमुखमा निर्वाचित कुर्मी ११ हजार १६७ मत प्राप्त गरी निर्वाचित भएकी छन् भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार भानमती यादवले ७ हजार दुई सय मत पाउनुभएको छ।उपप्रमुख जित्नु भएकी रिताले सासुको मृत्युपछि उपमेयरको टिकट पाएकी हुन्।उहाँकी सासू शुभावती कुर्मीको उम्मेदवारी दर्ता गरेपछि निधन भएको थियो।त्यसपछि कांग्रेसले रितालाई उम्मेदवार बनाएको हो।

उपप्रमुख उम्मेदवार शुभावतीको मृत्युका कारण महाराजगञ्ज नगरपालिकामा जेठ ३ गते निर्वाचन भएको थियो।११ वटा वडा रहेको महाराजगञ्जमा नेपाली कांग्रेसले नगर प्रमुख र उपप्रमुखसहित ८ वटा वडा जितेको छ।त्यसैगरी नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी र जनता प्रगतिशील पार्टीले १/१ वटा वडा जितेको छ।