• १२ असार २०८१, बुधबार

थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

blog

काठमाडौं, जेठ १० गते । पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ९९८३ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, ९२२ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा ११ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ । हाल मुलुकमा सक्रिय सङ्क्रमित १३३ छन् ।

त्यस्तै, पछिल्लो २४ जनामा २० हजार ८९० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।