• ३० वैशाख २०८१, आइतबार

हाई अल्टिच्युड ट्राई–एड्भेन्चरमा आर्मी पहिलो

blog

हाई अल्टिच्युड ट्राई–एड्भेन्चर प्रतियोगिताको उद्घाटन गर्नुहुँदै प्रधानसेनापति प्रभुराम शर्मा । तस्बिर सौजन्य : आर्मी मुख्यालय

काठमाडौँ, जेठ ७ गते । प्रथम प्रधानसेनापति हाई अल्टिच्युड ट्राई–एड्भेन्चर प्रतियोगितामा पुरुषतर्फ आर्मीको ‘ए’ टिम पहिलो भएको छ । शनिबार जोमसोममा भएको प्रतियोगितामा आर्मी क्लबका हिमाल टमाटा र मानबहादुर थापाले १ घन्टा १५ मिनेट २ सेकेन्डमा दूरी पार गर्दै पहिलो हुनुभएको हो । 

समुद्री सतहदेखि २,७८० मिटरदेखि ३,२०० मिटरसम्मको उचाइमा आयोजित रक क्लाइम्बिङ (१०० मिटर), ट्रेल रनिङ (४.७५ किमि) र साइक्लिङ (१५.३५ किमि) को प्रतियोगितामा आर्मीकै ‘बी’ टिम दोस्रो भयो । ‘बी’ टिमबाट आर्मीका वसन्त थारु र नवराज न्यौपाने दोस्रो हुनुभएको हो । आर्मीकै ‘सी’ टिम तेस्रो भयो । टिममा आर्मीका कमल ओली र प्रेमसिंह मन्याल हुनुहुन्यो । 

महिलातर्फ हिमालयन गल्स च्याम्पियन बन्यो । हुमी बुढामगर र इन्द्रकला नेम्बाङ सम्मिलित हिमालयन गल्स टिमले निर्धारित दुरी १ घन्टा ४३ मिनेट २३ सेकेन्डमा पूरा गरेको थियो । आर्मीका उषा खनाल र मन्जु कुमारी खड्का सम्मिलित ‘ए’ टिम दोस्रो र आर्मीकै ‘सी’ टिम तेस्रो भयो । 

अन्तर्राष्ट्रिय विधामा भारतीय आर्मीका  पिट्टु शिव कृष्ण रेड्डी र सप्पर विनायक पोपट कुटे पहिलो भयो ।  प्रतियोगितामा पाँच महिला सहित २२ टिमको सहभागिता  थियो । विजेतालाई प्रधानसेनापति प्रभुराम शर्मालगायतले पुरस्कार प्रदान गर्नुभयो ।