• ३० वैशाख २०८१, आइतबार

नेपालद्वारा युगान्डालाई एक सय २४ रनको लक्ष्य

blog

युगान्डाविरुद्ध ब्ष्याटिङ गर्दै नेपालका खेलाडी । तस्बिर सौजन्य : क्यान

काठमाडौँ, जेठ ७ गते । युगान्डाविरुद्धको टी–२० सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले पाहुना टोली युगान्डालाई जितको लागि एक सय २४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २३ रन बनाएको छ । नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाउनुभयो । 

कविता जोशीले अविजित १८, सीता रानामगरले १७, अप्सरी बेगमले ११ र इन्दु बर्माले ८ रन बनाउनुभयो । बलिङमा युगान्डाका लागि युगान्डाकी कप्तान कोन्सी अवेके र फिओना कुलुमेले एक एक विकेट लिनुभयो । नेपालले पाँच खेलको सिरिजमा तीन हार र एक जित निकालेको छ ।

पाहुना टोली युगान्डाले लगातार तीन खेल जित्दै सिरिज जितेको छ । नेपालले पहिलो खेलमा १२ रनले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा ए कविकेट र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । नेपालले शुक्रबार भएको चौथो खेलमा युगान्डालाई १५ रनले हराएको थियो ।