• १२ असार २०८१, बुधबार

हिमा गाउँपालिका अध्यक्षद्वारा सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रतिबद्धता

blog

नेत्र शाही
जुम्ला, जेठ ७ गते ।
जुम्लाको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले गाउँपालिकाको पहिलो निर्णय सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरिने जानकारी दिनुभयो ।

उहाँले नमूनाका लागि भैरव आधारभुत विद्यालयमा अङ्ग्रेजी शिक्षा शुरु गर्ने, सबै वडा, स्वास्थ्य संस्था, प्रहरी चौकीमा फ्रि वाइफाई तथा सीसी क्यामरा जडान गर्ने, ज्येष्ठ नगारिक, गर्भवति म्हिला, विपन्न अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने र सबै सरकारी कार्यालय र विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्थापन गर्ने निर्णय गरिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

शुक्रबार मुख्य निर्वाचन अधिकृतबाट शपथग्रहण गरेलगत्तै पदवहाली समेत गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले अध्यक्षको पदवहाली तथा उपाध्यक्ष, वडाध्यक्ष र अन्य वडासदस्यको शपथग्रहण सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले अध्यक्षले गरेको प्रतिबद्धता निर्णय गर्न प्रस्ताव गरिनेछ । हिमा गाउँपालिकामा दुई हजार १५८ घरधुरी र १३ हजार १३४ जनसङ्ख्या छ ।