• १३ साउन २०८१, आइतबार

डोटीमा बस दुर्घटनाः १२ जना घाइते

blog

दिपायल, जेठ ७ गते । दिपायलको डोटीमा यात्रु बाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको रात्रिबस दुर्घटना भएको हो ।

शनिबार बिहान ५ बजेको समयमा शिखर नगरपालिका १ गेरुपानी सडकखण्डमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १८ महिने बालक बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।

घाइतेहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले बताउनुभयो । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर भएका कारण उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको उहाँले जानकारी दिनुभयो । 

तीव्र गतिमा रहेको बस चालक निदाएपछि दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकबाट २० मिटर तल नदीको किनारमा खसेको छ । बस चालक फरार छन् ।

Author

केशवचन्द्र महरा