• १३ साउन २०८१, आइतबार

गुल्मीका नवनिर्वाचित जनप्रतिनिधिहरुले लिए शपथ

blog

नव निर्वाचित जनप्रतिनिधिहरुले शपथ लिँदै

तिलाचन पाण्डे
तम्घास, जेठ ६ गते ।
गुल्मीमा नवनिर्वाचित जनप्रतिधिहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार रेसुंगा नगरपालिकाको सभाहलमा नव निर्वाचित पालिका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

शपथ लिएपछि उहाँहरुले आफ्नो पालिकामा पुगेर उप–प्रमुख, वडा अध्यक्षसहित निर्वाचित सदस्यलाई सामूहिक रुपमा  आजै (शुक्रबार) पद तथा गोपनीयताको शपथ गराएर कार्यभार सम्हाल्नुहुने छ ।

नवनिर्वाचित स्थानीय तहका प्रमुखहरुले निर्वाचनमा मातदाताबीच गरेका प्रतिबद्धता अनुरुप काम गर्ने बताउनुभएको छ ।

शपथपश्चात् कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले पालिका भित्रका नागरिकहरुलाई उत्पादनसँग जोड्ने र आत्म निर्भर बनाउनु नै पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

यस्तै, रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले पालिकाभित्र परिणम देखिने गरी काम गर्ने प्रतिक्रिया दिनुभयो । मुसिकोट नगरपालिकाका नगर प्रमुख जीबन खरेलले पालिका भित्र रहेका अधुरा अपुरा योजनाहरुलाई सम्पन्न गर्ने र नयाँ योजनाका साथ अगाडी बढ्ने बताउनुभयो ।

जिल्लामा ५ वटा स्थानीय तहमा नेपाली कांग्रेस, ४ वटामा माओवादी केन्द्र र ३ वटामा नेकपा एमालेले जितेको छ । जिल्लाभरका स्थानीय तह र ९३ वटा ४ सय ८९ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।