• ४ जेठ २०८१, शुक्रबार

सप्तरीमा चार पालिकाको परिणाम आउन अझै बाँकी

blog

माला कर्ण
कल्याणपुर, जेठ ६ गते ।
स्थानीय तह निर्वाचनअन्तर्गत सप्तरीको चार पालिकाको परिणाम आउन बाँकी रहेको छ । जिल्लाको नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ पालिकामध्ये १४ पालिकाको परिणाम सार्वजनिक भइसकेको छ ।

सार्वजनिक भएको परिणाम अनुसार सप्तरीको कञ्चनरुप नगरपालिका, सप्तकोशी नगरपालिका, सुरुङ्गा नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र तिरहुत गाउँपालिकामा नेपाली कांग्रेसको उम्मेदवार प्रमुख÷अध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्निसाइर कृष्णा स्वरण गाउँपालिका, राजगढ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

त्यस्तै, नेकपा माओवादीले खडक नगरपालिका, राष्ट्रिय जनता पार्टीले राजविराज नगरपालिका र विष्णुपर गाउँपालिका जितेका छन् भने नजमत पार्टीले हनुमाननगर कंकालिनी नगरपालिका र वलान विहुल गाउँपालिका जितेका छन् । नेकपा एकीकृत समाजवादी शम्भुनाथ नगरपालिका र लोकतान्त्रिक समाजवादी पार्टीले महदेवा गाउँपालिकामा जित हासिल गरेका छन् ।

त्यस्तै, बोदे बरसाईन नगरपालिका, डाक्नेश्वरी नरपालिका, छिन्नमस्ता गाउँपालिका र रुपनी गाउँपालिकामा मतगणना जारी रहेको छ । जसमा डाक्नेश्वरीमा एमाले, छिन्नमस्तामा लोसपा र बोदे बरसाईन र रुपनीमा जनता समाजवादी पार्टीको अग्रता रहेको छ ।

यसैगरी, बोदे बरसाईन नगरपालिका, डाक्नेश्वरी नरपालिका, छिन्नमस्ता गाउँपालिका र रुपनी गाउँपालिकामा मतगणना जारी रहेको छ । जसमा डाक्नेश्वरीमा एमाले, छिन्नमस्तामा लोसपा र बोदे बरसाईन र रुपनीमा जनता समाजवादी पार्टीको अग्रता रहेको छ ।

उपप्रमुखमा मिश्रित परिणामा
१४ पालिकाको सार्वजनिक भएको परिणाम अनुसार सप्तरीको कञ्चनरुप नगरपालिकामा नेपाली कांग्रेसकै ललनप्रसाद गुप्ता प्रमुख र कलपना चौधरी उपप्रमुखमा, सप्तकोशी नगरपालिकामा कृष्ण प्रसाद ढकाल प्रमुख र रिता कुमारी चौधरी उपप्रमुखमा, सुरुङ्गा नगरपालिका गीता चौधरी प्रमुख र रुद्रबहादुर कार्की उप प्रमुखमा निर्वाचित हुनुभएको छ । तिलाठी कोइलाडी गाउँपालिका अरुणकुमार मण्डल अध्यक्ष र फूल कुमारी साह उपाध्यक्ष र तिरहुत गाउँपालिकामा विजयकुमार यादव अध्यक्ष र विणादेवी यादवनी उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

यता अग्निसाइर कृष्णा स्वरण गाउँपालिका अध्यक्षमा एमालेका दिनानाथ चौधरी अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेका कल्पना कुमारी चौधरी, राजगढ गाउँपालिकामा नेकपा एमालेका अध्यक्षमा ओमप्रकाश मण्डल र पाध्यक्षमा जसपाका रेणुदेवी मण्डल निर्वाचित हुनुभएको छ ।

त्यस्तै, खडक नगरपालिकामा नेकपा माओवादीबाट नगरप्रमुखमा जयप्रकाश चौधरी र उपप्रमुखमा जसपाका रिता कुमारी चौधरी निर्वाचित हुनुभएको छ । राजविराज नगरपालिकामा राष्ट्रिय जनता पार्टीका प्रमुखमा भिमराज यादव र उपप्रमुखमा इसरत प्रविन निर्वाचित हुनुभएको छ ।

यसैगरी,  विष्णुपर गाउँपालिकामा जसपाका उमेशप्रसाद यावद र नेपाली कांग्रेसका रेणु कुमारी यादव निर्वाचित हुनुभएको छ । त्यस्तै, हनुमाननगर कंकालिनी नगरपालिकामा नजमत पार्टीका वीरेन्द्र माझी र जसपाका सरिता सिपलिया, वलान विहुल गाउँपालिकामा जनमतका खेमचन्द्र यादव अध्यक्ष र जनमतकै रेणु यादव उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । 

शम्भुनाथ नगरपालिकामा नेकपा एकीकृत समाजवादीका जितेन्द्रप्रसाद गुप्ता कलवार प्रमुखमा र उप प्रमुखमा अनिता कुमारी चौधरी सोही पार्टीका निर्वाचित हुनुभएको छ । महदेवा गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीका सुनिलकुमार मण्डल अध्यक्ष र सोही पार्टीका अर्चाना कुमारी यादव विजयी हुनुभएको छ ।

नवनिर्वाचित वडा सदस्यको मृत्यु
सप्तरीको राजगढ गाउँपालिकाका नव निर्वाचित वडा सदस्यको मृत्यु भएको छ । शपथ ग्रहण गर्न नपाउँदै नवनिर्वाचित वडा सदस्य राजेन्द्र सुतिहारको शुक्रबार मृत्यु भएको हो । राजगढ गाउँपालिका–५ धौनकी टोलका ६९ वर्षीय चौधरीकोे अचानक मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

मतपरिणाम सार्वजनिक भएपछि बिहीबार खुसीयाली विजय जुलुस मनाएर घर फर्किनुभएका उहाँ खाना खाएर सुतेको तर बिहान घरमै मृत्यु भएको अवस्थामा फेला परेको परिवारजनले बताएका छन् ।
निर्वाचित हुने दुई वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याएर सुतिहार निर्वाचित हुनुभएको हो । एमालेका उम्मेदवारलाई पराजित गर्दै वडा नम्बर ५ मा प्यानलसहित जसपाको जितमा उहाँ निर्वाचित हुनुभएको छ ।  मृतक सुतिहारका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।