• ५ जेठ २०८१, शनिबार

मटिहानी नगरपालिकाको मेयरमा लोसपाका मण्डल दोस्रो पटक विजयी

blog

मटिहानी नगरपालिकामा विजयी मेयर र उपमेयर । तस्बिर : महेशकुमार दास

महेशकुमार दास 

जलेश्वर, जेठ ५ । महोत्तरीको मटिहानी नगरपालिकामा मेयर र उपमेयरमा लोतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल विजयी भएका छन् । लोसपा नेपालका हरिप्रसाद मण्डल दोस्रो पटक मेयर पद दोह¥याउँ विजयी हुनु भएको छ । उपमेयरमाा भने लोसपा नेपालका मंजुदेवी विजयी हुनु भएको छ । 

निर्वाचन अधिकृतको कार्यालय मटिहानीका निर्वाचन अधिकृत कुल वहादुर फडेरालेका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका हरिप्रसाद मण्डलले ४ हजार ३ मत ल्याएर विजयी हुनु भएको छ  । मेयर मण्डल १ हजार ३२९ मतान्तरले विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) नेपालका मोहम्मद मुजिबुल रहमानले २ हजार ६७४ मत प्राप्त गर्नु भएको छ । 

यस्तै, उपमेयरमा लोसपाकै मंजु देवी ३ हजार ८६४ मत ल्याएर विजयी हुनु भएको निर्वाचन अधिकृतको कार्यालय मटिहानीले जनाएको छ । उहाँको निकटतम प्रतिद्वन्दी जसपा नेपालका जिवछी देवी यादवले २ हजार ७ सय ५१ मत प्राप्त गर्नु भएको छ । उपमेयरमा १ हजार ११३ मतान्तरले लोसपाकी मंजु विजयी भएको निर्वाचन अधिकृत फडेराले बताउनुभयो । ९ वडा रहेको मटिहानी नगरपालिको वडामा भने मिश्रीत परिणाम आएको छ । 

प्राप्त मतगणनाको परिणाम अनुसार मटिहानी नगरपालिका वडा नं १ मा लोसपाका शिव शंकर कुमार राय ३७८ मत, वडा नं. २ मा नेपाल कम्प्युनिस्ट पार्टी(एमाले) का मोहम्मद रयुफ २८६ मत, वडा नं. ३ मा नेपाल कम्प्युनिस्ट पार्टी (एमाले) का नाजिर मिँया ३२७ मत ल्याएर विजयी हुनुभएको छ । 

यस्तै वडा नं. ४ मा नेपाली काँग्रेसका अब्दुल गफार ३२५ मत, वडा नं. ५ मा नेपाल कम्प्युनिस्ट पार्टी(एमाले) का मिश्री नायक ३८७ मत, वडा नं. ६ मा लोसपाका कलिम अंसारी ५१३, वडा नं. ७ मा लोसपाका जितनारायण माझी ९८९ मत, वडा नं. ८ मा लोसपाका रितेशकुमार साह ४३६ मत र वडा नं. ९ मा नेपाली काँग्रेसका मदन चौधरी ६२२ मत ल्याएर विजयी हुनु भएको छ ।