शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                अनिल पराजुली
हेटौँडा, मङ्सिर १९ गते । हेटौँडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधवार दिउँसो हेटौँडा –११, गोल्पिङटारमा करेन्ट लागेर ५८ वर्षीय मन्ताज मियाको मृत्यु भएको हो ।
घरको माथिल्लो तला थप्नका लागि पिल्लर बनाउने कामका लागि फलामको रड छतमा तान्ने क्रममा ११ हजार भोल्टेजको तारमा छोएर करेन्ट लाग्दा मियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
करेन्ट लागेर गम्भीर घाइते हुनुभएका मियालाई उपचारका लागि चुरेहिल अस्पताल हेटौँडा लगिएकोमा उपचारको क्रममा दिउँसो ३ बजेको समय चिकित्सकले मृत घोषणा गरेको उहाँले जानकारी दिनुभयो ।
मियाको शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।