• १६ भदौ २०८१, आइतबार

‘नइ बाल पुरस्कार’ घोषणा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ५ गते । नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका आठ बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ ।नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बुधबार बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो । 

नइ प्रकाशनले बहुआयामिक प्रतिभा सुश्री सम्पदा दुलाललाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।साहित्यतर्फ विभूति अधिकारी, चित्रकलातर्फ रिकिस्ना डङ्गोल, सङ्गीततर्फ सन्देश पौडेल, नृत्यतर्फ रशु पन्त र खेलकुदतर्फ नयना शाक्यलाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ प्रदान गरिने भएको छ ।  यसैगरी नइ प्रकाशनले १० वर्षीय सिचु मानन्धर र नासिका ठकुरीलाई नृत्यतर्फको ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ दिने निर्णय गरेको छ ।