• ७ पुस २०८१, आइतबार

अमेरिकाद्वारा युक्रेनलाई ७२ करोड ५० लाख डलर सहयोग

blog

वासिङ्टनडिसी, मङ्सिर १८ गते । संयुक्त राज्य अमेरिकाले २०२२ फेब्रुअरी–२४ देखि युक्रेनविरुद्ध चलिरहेको सैन्य अपरेसनको लागि ठुलो मात्रामा मिसाइलसहित ७२ करोड ५० लाख  मिलियन डलरको अतिरिक्त सैन्य सहायता प्याकेज घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले एक विज्ञप्ति मार्फत राष्ट्रपति जो बाडेनले रक्षा विभाग (पेन्टागन) लाई किभलाई आफ्नो क्षेत्रीय, स्वतन्त्रता र स्वाधीनताको तत्काल रक्षा गर्न आवश्यक उपकरणहरू उपलब्ध गराउन निर्देशन दिनु भएको छ । 

सुलिभानले आफ्नो कार्यकाल समाप्त हुनु अघि युक्रेनलाई सयौँ, हजारौँ तोप र थप मिसाइल  लगायत महत्त्वपूर्ण क्षमताहरू प्रदान गर्ने बाइडेन प्रशासनको अभिप्रायलाई पुष्टि गर्नु भएको छ । पछिल्लो सममयमा अमेरिकालाई युक्रेनको मुख्य सैन्य समर्थक मानिन्छ । रासस/क्यूएनए