• ५ जेठ २०८१, शनिबार

दार्चुलाको शैल्यशिखरमा एमाले विजयी

blog

एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाको साथमा शैल्यशिखरमा निर्वाचित नगरप्रमुख विजयसिंह धामी र उपप्रमुख शान्ति खडायत । तस्बिर : लोकेन्द्र जोशी

लोकेन्द्र जोशी

दार्चुला, जेठ २ गते । दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । शैल्यशिखरमा जम्मा खसेको दश हजार ७३ मतमध्ये एमाले उम्मेदवार विजयसिंह धामीले पाँच हजार ५०९ मत ल्याउदै नगरप्रमुख पदमा निर्वाचित हुनुभयो ।

एमालेका धामीले कांग्रेशका उम्मेदवार अमरसिंह धामीलाई ८४७ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो । उपप्रमुखमा एमालेका उम्मेदवार शान्ति खडायतले पाँच हजार ६४८ मत ल्याउँदै काँग्रेस उम्मेदवार राजमती बम पाललाई एक हजार ७३ मतान्तरले पराजित गर्दै विजयी हुनभएको हो ।

नौ वडा रहेको शैल्यशिखरमा वडा नम्बर ६ बाहेक सबै वडामा एमाले उम्मेदवार विजयी भएका छन् । शैल्यशिखरको वडा नम्बर ६ मा काँग्रेसका जगदिश धामी निर्वाचित हुनुभएको छ । वडा नम्बर १ मा भरतबहादुर खडायत, वडा नम्बर २ मा नरेन्द्र पाल (परदेशी), वडा नम्बर ३ मा पदम बहादुर चन्द, वडा नम्बर ४ मा रामसिंह ठगुन्ना, वडा नम्बर ५ मा जनक डागा, वडा नम्बर ७ मा पुष्पराज जोशी, वडा नम्बर ८ मा केशवदत्त जोशी र वडा नम्बर ९ मा प्रजावती पाण्डे एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

शैल्यशिखर नगरपालिकामा पनि काँग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । गठबन्धनका उम्मेदवारहरुलाई पराजित गर्दै जित हासिल गर्नुलाई शैल्यशिखर एमालेले उपलब्धिका रुपमा लिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा काँग्रेसले जित हासिल गरेको शैल्यशिखरमा अहिले एमाले विजयी भएको हो ।