• ११ जेठ २०८१, शुक्रबार

अछामको ढकारी गाउँपालिकामा कांग्रेस विजयी

blog

शिवराज ढुंगाना
अछाम, जेठ २ गते ।
ढकारी गाउँपालिकामा नेपाली कांग्रेसले विजय भएको छ  ।  नेकपा (एमाले) का उम्मेदवारलाई एक हजार १६३ मतान्तरले कांग्रेसका प्रकाशबहादुर साउँद विजयी हुनुभएको हो ।  साउँदल तीन हजार १८१ मत प्राप्त गर्नुभएको छ भने एमालेका धर्मबहादुर शाहीले दुई हजार १८ मत पाएका छन् । अध्यक्ष पदकै एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर बुढाले एक हजार ४३७ मत प्राप्त गर्नुभएको छ । 

ढकारी गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार नेत्रकला शाही विजयी हुनुभएको छ । शाहीले तीन हजार एकसय मत प्राप्त गरेर विजयी हुनुभएको हो । उपाध्यक्षकै प्रत्यासी एमालेका मायादेवी बुढाले दुई हजार २५४ र एकीकृत समाजवादीका देवकला चलाउने (खत्री)ले एक हजार १५७ मत प्राप्त गर्नुभएको छ । ढकारीमा ८ वडा रहेकोमा कांग्रेसले चार, एमाले र एकीकृृत समाजवादीले दुई÷दुई वडा अध्यक्ष विजयी भएका छन् । 

स्थानीय तह निर्वाचन–२०७४ मा पनि ढकारी गाउँपालिकामा बहुमत वडासहित नेपाली काँग्रेसकै अध्यक्ष र उपाध्यक्ष विजयी हुनुभएको थियो । अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसमा धनबहादुर बुढाले अध्यक्षमा तीन हजार ४५४ र उपाध्यक्षमा लक्ष्मी साउँदले तीन हजार ३९१ मतले विजयी भएका थिए । २०७४ को निर्वाचनमा निकटतम प्रतिद्वन्दी एमालेका नवराज साउँदले दुई हजार ९३० र उपाध्यक्षमा हेमा शाहीले दुई हजार ९०२ मत ल्याएर पराजीत भएका थिए ।