• ६ जेठ २०८१, आइतबार

बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी

blog

केशव चन्द्र महरा
दिपायल, जेठ २ ।
बोगटान फुड्सील गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)  र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा माओवादीका उम्मेदवार कमलबहादुर गड्सिला विजयी हुनुभएको छ भने उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विष्ना देवी बम विजयी हुनुभएको छ ।

अध्यक्ष गड्सिला ३४ मतको अन्तरले विजयी हुनुभएको हो भने उपाध्यक्ष बम ७२ मतको मतान्तरले विजयी हुनुभएको हो ।
गड्सिलाले दुई हजार ५८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार हस्तबहादुर बुढाले दुई हजार २४ मत प्राप्त गर्नुभएको छ । कांग्रेसतर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार डीलबहादुर बमले एक हजार ९३४ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा कांग्रेस उम्मेदवार विष्ना देवी बम  दुई हजार ६३ मत ल्याउँदै विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्दी एमालेका उम्मेदवार ज्ञानु मल्ल बमले एक हजार ९९१ मत प्राप्त गर्नुभयो । अर्का प्रतिद्वन्दी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कलावती कुमारी चिमालले एक हजार ८७१ मत प्राप्त गर्नुभयो ।
बोगटान फुड्सील गाउँपालिकाका ७ वटा वडाहरु मध्य २ वटा वडामा एमाले, दुई वटा वडामा माओवादी केन्द्र र बाँकी ३ वटा वडाहरुमा कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा विजयी हुनुभएको गड्सिला २०७४ मा पनि गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।