• ११ असोज २०८१, शुक्रबार

सङ्खुवासभाको सिलिचोङमा नेपाली काँग्रेस विजयी

blog

सिलिचोङ गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भुपालराज मेवाहाङ र उपाध्यक्ष पदमा निर्वाचित देविता कुलुङ । तस्बिर : गोरखापत्र

ध्यान कुलुङ

सङ्खुवासभा, जेठ २ गते । जिल्लाको सिलिचोङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार  निर्वाचित हुनुभएको छ । अध्यक्ष पदमा भूपालराज मेवाहाङ र उपाध्यक्ष पदमा देविता कुलुङ निर्वाचित हुनुभएको हो । 

अध्यक्ष मेवाहाङले २ हजार २ सय तीन मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्ष कुलुङले २ हजार ७५ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका मञ्जिल कुलुङले २ हजार ९ मत प्राप्त  गर्नुभएकाे छ भने उपाध्यक्षका उम्मेदवार  देवीकुमारी राईले एक हजार ७ सय ७० मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसले सिलिचोङ गाउँपालिकाको वडा नम्बर २ र ३ प्यानल जितेको छ ।  वडा नम्बर ४ मा अध्यक्ष सहित ३ सदस्य जितेको छ । नेकपा माओवादी केन्द्रले वडा नम्बर १ मा प्यानल, वडा नम्बर ४ मा एक सदस्य र वडा नम्बर ५ मा वडाध्यक्षसहित ३ सदस्य जितिसकेको छ । एक सदस्यमा भने नेकपा एमालेसँग बराबरी मत छ । उक्त मतलाई गोलाप्रथाबाट विजेता निर्धारण गरिने छ । नेकपा एमाले भने यो समाचार तयार पार्दासम्मा सबै वडामा निल छ ।