• ६ जेठ २०८१, आइतबार

पाल्पाको पूर्वखोला गाउँपालिकामा एमालेकामा एमालका थापा विजयी

blog

रेखीराम राना

पाल्पा, जेठ २ गते । जिल्लाको विभिन्न स्थानको मतपरिणाम आउने क्रम जारी छ । पाल्पामा दुई वटा पालिकामा एमालेका उम्मेदवारले जित हासिल गरेका छन् । पूर्वखोला गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार नुनबहादुर थापा विजयी हुनुभएको छ । उहाँले ६ हजार ३९ मत ल्याएर विजयी हुनुभएको हो । 

अध्यक्षका निकटतम प्रतिद्वन्द्वी समाजवादीका विपिनकुमार सारुले एक हजार दुई सय ५७ मतमात्रै ल्याउनुभएको थियो । यस्तै उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार भागिरथी भट्टराई ५ हजार ८ सय ९४ मतसहित विजयी हुनुभएको हो । पूर्वखोलामा सबै वडामा एमालेका उम्मेदवारले विजयी हासिल गरेका छन् । 

यस्तै जिल्लाको तिनाउ गाउँपालिकामा समेत गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका प्रेम श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको छ । श्रेष्ठले ५ हजार ९० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका राजेश श्रेष्ठले ४ हजार ४ सय ६६ मत ल्याउनुभएको छ । 

तिनाउ गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका लालबहादुर थापा ५ हजार ८२ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृत जनार्दन अधिकारीले जानकारी दिनुभयो ।