• ६ जेठ २०८१, आइतबार

समाजवादीका निवर्तमान अध्यक्षलाई हराउँदै नवदुर्गामा कांग्रेस विजयी

blog

नवदुर्गा गाउँपालिकामा काँग्रेस बाट निर्वाचित अध्यक्ष अवस्थी र उपाध्यक्ष बोगटी । तस्बिर : पुष्कर भण्डारी ।

पुष्कर भण्डारी

डडेल्धुरा, जेठ २ । गत निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको नवदुर्गा गाउँपालिकामा अहिले भने नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । गाउँपालिका अध्यक्षमा लक्ष्मी अवस्थी र उपाध्यक्षमा निर्मला बोगटी विजयी हुनुभएको हो । 

गत निर्वाचनमा नेकपा एमाले अध्यक्षमा निर्वाचित हुनुभएका कबिन्द्र बिष्टलाई पराजित गर्दै अवस्थी विजयी हुनुभएको हो । यस पटकको निर्वाचनमा बिष्ट नेकपा एकिकृत समाजवादी पार्टी बाट अध्यक्षको उम्मेदवार बन्नु भएको थियो । अवस्थीले २८७१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी बिष्टले २६०६ मत प्राप्त गर्नुभएको थियो । उहाँहरु बीचको मतान्तर २६५  थियो । 

अवस्थी २०७४ सालको निर्वाचनमा बिष्टसँग पराजित हुनुभएको थियो । उहाँ नेपाली कांग्रेस डडेल्धुरा जिल्ला कार्य समिति उपसभापती समेत रहनुभएको छ । उपाध्यक्षमा समाजवादी पार्टीकै उम्मेदवार चन्द्रदेवी रुपाली बोगटीसँग पराजित हुनुभयो । बोगटीले ३२०८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी रुपालीले २३२६ मत मात्रै प्राप्त गर्नुभयो ।