• ५ जेठ २०८१, शनिबार

गुल्मीको छत्रकोट-१ मा कांग्रेसको प्यानल विजयी

blog

गुल्मी, जेठ १ गते। गुल्मी छत्रकोट गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। 

कांग्रेसका वडा अध्यक्ष उम्मेदवार घनश्याम न्यौपानेको प्यानल नै विजयी भएको हो। न्यौपानेले एमालेका वडाध्यक्ष उम्मेद्वारलाई ३९५ मतले पराजित गर्नुभएको छ। 

न्यौपाने १३ सय १८ मतसहित वडाध्यक्षमा निर्वाचित हुनुभएको हो।  उहाँंका निकटतम प्रतिद्वन्द्वी एमालेका रणबहादुर पल्लीले ९२३ मत ल्याउनुभएको छ। अध्यक्ष न्यौपानेसहित वडामा कांग्रेसको प्यानल नै विजयी भएको हो।