• १६ भदौ २०८१, आइतबार

धादिङका २१ वडाको नतिजा : माओवादी सात, कांग्रेस छ, एमाले पाँच वडामा विजयी

blog

विजयीपछि खुसी मनाउँदै धुनिबेसी ३ का वडा अध्यक्ष प्रकाश हमाल र उहाँका समर्थक। तस्बिर : मुरारी अधिकारी

मुरारी अधिकारी

धादिङ, जेठ १ गते। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा धादिङका १३ वटा नै पालिकामा मत गणना भइरहेको छ। मतगणना भएको पालिका अन्तर्गत अहिलेसम्म २१ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ।

हालसम्म विजयी भएका वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का सात जना रहेका छन्। नेपाली काँग्रेसका तर्फबाट छ जना वडा अध्यक्ष विजयी भएका छन्। नेकपा एमालेका तर्फबाट पाँच जना वडा अध्यक्ष विजयी भएका छन्। 

त्यसैगरी राप्रपाले दुई वटा वडा अध्यक्षमा जित हासिल गरेको छ। एकीकृत समाजवादीले एउटा वडामा जितेको छ। धादिङमा १३ वटा पालिका र १०४ वटा वडा रहेका छन्।