• १२ कात्तिक २०८१, सोमबार

साफ महिला च्याम्पियनसिप

नेपाल र भारतबिचको पहिलो हाफ गोलरहित बराबरी

blog

नेपाली महिला टोली । फाइल तस्बिर

काठमाडौँ, कात्तिक ११ गते । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारतबिचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

१५ हजार दर्शक क्षमताको दशरथ रङ्गशालामा आइतबार साँझ नेपालले पहिलो हाफमा भारतलाई कडा टक्कर दिएपनि गोल गर्न सकेको छैन ।

पाँच पटकेको विजेता भारतले सुरुवातमा दुई वटा आकर्षक मौका गुमाएको थियो । दशरथ रङ्गशालाको प्यारापिट लामो समयपछि दर्शकले भरिएको छ । 

नेपालले पनि पोस्ट नजिक पाएको दुई वटा अवसरमा गोल गर्न सकेन । सुरुवाती १० मिनेट आक्रामक देखिएको भारतले विस्तारै लय गुमायो । पहिलो हाफको इन्जुरी समयमा भारतले पोस्ट नजिक पाएको थप अर्को मौका गुमायो ।

यसअघि आइतबार नै भएको पहिलो सेमिफाइनल खेलमा साविक विजेता बङ्गलादेशले भुटानलाई ७-१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको छ ।