• ४ जेठ २०८१, शुक्रबार

बराहताल गाउँपालिका तीन वडामा तीनै दलका एकएक वडाध्यक्ष विजयी

blog

मुना हमाल 
सुर्खेत, जेठ १ गते।
बराहताल गाउँपालिकामा तीन वडामा मतगणना सकिएको छ। निर्वाचन अधिकृत ठाकुरप्रसाद पौडेलका अनुसार गाउँपालिकाका १० वडामध्ये अहिलेसम्म तीन वडामा मतगणना सकिएको हो। 

मतगणना सकिएका तीन वडामा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले एक/एक वडा जितेका छन्।  

वडा नम्बर १ को वडा अध्यक्षमा २८७ मत ल्याएर माओवादी केन्द्रबाट बमबहादुर बडुवाल विजयी हुनुभएको छ। वडा नम्बर २ को वडा अध्यक्षमा  नेकपा (एमाले)बाट विजयी भीमबहादुर साउदले ६५६ मत ल्याउनुभएको छ। 

यस्तै वडा नम्बर ३ को वडा अध्यक्षमा नेपाली कांग्रेसबाट शेरबहादुर पुन मगर २२२ मत ल्याएर विजयी हुनुभएको छ। 

निर्वाचन अधिकृत पौडेलले अहिले वडा नम्बर ४ को मतगणना भइरहेको जानकारी दिनुभएको छ।