• १९ असार २०८१, बुधबार

म्याग्दे–३ मा एमालेका अधिकारी विजयी

blog

अमरराज नहर्की 

तनहुँ, जेठ १ गते । तनहुँको म्याग्दे गाउँपालिका वडा ३ को अध्यक्षमा एमालेका टुकराज अधिकारी विजयी हुनुभएको छ । अधिकारीले ६६१ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका बलराम भट्टराई ५८७ मत प्राप्त गर्नुभयो । 

महिला सदस्यमा काँग्रेसकी जानकी थापा, दलित महिला सदस्यमा एमालेकी सुनीता नेपाली विजयी हुनुभयो । खुला सदस्यमा काँग्रेसका बालचन्द्र घिमिरे तथा एमालेका प्रकाश घिमिरे विजयी हुनुभएको छ । यसअघि सो वडामा काँग्रेसका श्रीबहादुर थापा विजयी हुनुभएको थियो ।