• १९ असार २०८१, बुधबार

सुन्दरबजार नगरपालिका १ मा एमालेबाट गुरुङ विजयी

blog

बेलिना थापा

लमजुङ, जेठ १ गते । नेकपा (एमाले) लमजुङ सुन्दरबजार नगरपालिका १ को वडाध्यक्षमा विजयी भएको छ । गठबन्धनका उम्मेदवारलाई हराउँदै एमाले उम्मेदवार कर्णबहादुर गुरुङले ४ सय ४६ मत ल्याएर आगामी ५ बर्षका लागि वडाध्यक्ष जित्नुभएको हो । 

प्रतिस्पर्धी माओवादी केन्द्रका सन्तोषी गौलीले ३ सय ५५ मत ल्याउनुभएको छ । महिला वडा सदस्यमा एमालेकी राधा मल्लले ४ सय १५ मत, दलित महिला सदस्यमा एमालेकै शर्मिला ठडराईले ४ सय १२ मत, खुला सदस्यमा कांग्रेसका  नीलकण्ठ अधिकारीले ३ सय ८५ मत र एमालेका दिपेन्द्र बसौलाले ४ सय ३९ मत ल्याएर विजयी हुनुभयो ।