• १९ असार २०८१, बुधबार

ताराखोला गाउँपालिकामा गठबन्धनका उम्मेदवार विक विजयी

blog

ताराखोला गाउँपालिकामा गठबन्धका तर्फबाट विजयी नेकपा माओवादी केन्द्रका धनबहादुर विक । तस्बिर : गोरखापत्र

नविन शिशिर विक

बागलुङ,  जेठ १ गते । बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका धनबहादुर विक विजयी हुनुभएको छ । विकले स्वतन्त्र उम्मेदवार प्रकास घर्तीलाई १९५ मतान्तरले पराजित गर्दै विजय हुनुभएको हो । बवकले २ हजार २८५ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी निर्वतमान गाउँपालिका अध्यक्ष स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले पुतली चिन्हमा २ हजार ९० मत प्राप्त गर्नुभएको थियो । 

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका भिमबहादुर रोका विजयी हुनुभएको छ । उपाध्यक्षमा नेकपा एमालेकी प्रतिद्वन्द्वी छममाया घर्ती हुनुहुन्थ्यो । उपाध्यक्षमा भिमबहादुर रोकाले ३ हजार ४०३ मत प्राप्त गरेर विजयी हुनुभएको छ भने घर्तीले ५६१ मत प्राप्त गर्नुभएको हो ।

यस्तै पालिकाका पाँच वडामै गठबन्धनका उम्मेदवार विजयी भएका छन् । ताराखोला गाउँपालिका–१ मा यम श्रीस, २ मा भद्र घर्ती, ३ मा कर्णबहादुर भण्डारी, ४ जितबहादुर खत्री र ५ नम्बर वडामा मनबहादुर खत्री विजयी हुनुभएको छ । गाउँपालिकामा वडा सदस्य बाहेकको पदमा गठबन्धन को प्यानलै विजयी हुनुभएको छ ।