• १२ पुस २०८१, शुक्रबार

जुगलको तेगा पहिरोमा परेका सात जनाको खोजी जारी

blog

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को तेगागाउँमा शनिबार गएको पहिरो । फाइल तस्बिर

चौतारा (सिन्धुपाल्चोक), असोज १४ गते । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को तेगागाउँमा शनिबार गएको पहिरोमा परेका सातजना अझै बेपत्ता छन् ।

शुक्रबार तेम्बाथाङबाट गाउँ हिँडेका सातै जना सम्पर्कविहीन भएको वडाध्यक्ष लक्ष्मण लामा दोङले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा स्थानीय मिङ्मार रिन्जेन शेर्पा, लाक्पा शेर्पा र पेम्बा शेर्पाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । पहिरोले घर पुरिएकासहित गरी स्थानीय शाङ्मो शेर्पा, ढेन्डु शेर्पा, साडलो शेर्पा, ढोमा शेर्पा सम्पर्कमा छैनन् ।

वडाध्यक्षका अनुसार स्थानीयले हेर्दा तेम्बाथाङ अगाडि र तेगा नजिकै पनि पहिरो गएको देखिएको जानकारी प्राप्त भएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले हेलिकोप्टरमार्फत उक्त स्थान निरीक्षण गर्नुभएको छ । तेगा पहिरोपीडितका लागि सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घले राहतस्वरुप खाद्यान्न उपलब्ध गराएको छ । रासस