शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
लक्ष्मी चौधरी
जनकपुरधाम, असोज ९ गते । मधेश प्रदेश सरकारले सय दिनको अवधिमा भएका कार्यको सार्वजनिकीकरण गर्ने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार जनकपुरधाममा एक कार्यक्रमको आयोजना गर्दै प्रदेश सरकारको सय दिने कार्य सार्वजनिक गर्न लागेको हो ।
कार्यक्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारको कार्य सार्वजनिक गर्नु हुनेछ ।