• ६ जेठ २०८१, आइतबार

मालपोत कार्यालय तनहुँ तीन दिनका लागि बन्द

blog

जिल्ला मालपोत कार्यालय, तनहुँ। तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, वैशाख २८ गते।
मालपोत कार्यालय तनहुँ तीन दिनका लागि बन्द भएको छ। स्थानीय तह निर्वाचनमा कर्मचारी खटाउनु पर्ने भएकोले बुधबारदेखि तीन दिनको लागि कार्यालय बन्द भएको हो। 

कार्यालयको अधिकांश कर्मचारी निर्वाचनको लागि खटिसक्नु भएको हुँदा कार्यालयबाट प्रवाह हुने दैनिक काम कारबाही तथा सेवा प्रवाह वैशाख २८ गतेदेखि ३० गतेसम्म गरी तीन दिन स्थिगित गरिएको मालपोत कार्यालय तनहुँका सूचना अधिकारी टीकाराम शर्मा घोरासइनीले जानकारी दिनुभयो। 

यसैगरी कृषि सामग्री संस्थान तनहुँको कार्यालय पनि तीन दिनको लागि बन्द गरिएको छ। कार्यालयले सूचना प्रकाशित गरेर कार्यालय बन्द भएको जानकारी गराएको हो।