• १६ भदौ २०८१, आइतबार

अर्जुनचौपारी पहिलो

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, भदौ ११ गते । अर्जुनचौपारी गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ८६ अङ्क ल्याएर जिल्ला पहिलो भएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निकालेको आर्थिक वर्ष २०७९/८० को नतिजामा ११ स्थानीय तहमा पहिलो भएको हो भने गण्डकी प्रदेशमा दोस्रो भएको हो । 

यहाँ ८४.७५ अङ्क ल्याएर फेदीखोला गाउँपालिका दोस्रो, ८४.५० अङ्क ल्याएर कालीगण्डकी गाउँपालिका तेस्रो भएको छ भने आँधीखोला गाउँपालिकाले ८४ अङ्क ल्याएको छ । नगरपालिकामा गल्याङले ८२ अङ्क ल्याएर अगाडि रहेको छ भने चापाकोट नगरपालिकाको अङ्क ५२.५० रहेको छ । 

विभिन्न १० वटा शीर्षकमा स्थानीय निकायको कार्यसम्पादनलाई आधार बनाएर हरेक वर्ष सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रतिवेदन तयार गरी प्रकाशित गर्ने गरेको छ । गण्डकीका ८५ पालिकामा बेनी नगरपालिका  र गैँडाकोट नगरपालिकाको ८७/८७ अङ्क रहेको छ भने दोस्रोमा अर्जुनचौपारी गाउँपालिका रहेको छ ।