• १२ असोज २०८१, शनिबार

गोल्डेनगेट र जेभियर फाइनलमा

blog

बास्केटबलमा प्रतिस्पर्धा गर्दै क्वेस्ट (सेतो) र जेभियरका खेलाडी । तस्बिर : राखेप

काठमाडौँ, बैशाख २५ गते । गोल्डेनगेट इन्टरनेसनल कलेज र जेभियर इन्टरनेसनल कलेज पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार फाइनलमा प्रवेश गरेका छन् । गोल्डेनगेटले नाथमलाई ६१–५३ ले हरायो । गोल्डेनगेटको जितमा अभिषेक सिंहले १९ अङ्क योगदान गर्नुभयो । 

अर्को सेमिफाइनलमा रवि पौडेलको १४ अङ्क सहयोगमा जेभियरले आयोजक क्वेस्ट इन्टरनेसनल कलेजलाई ५०–२७ ले हरायो । गल्र्समा नाथम र शुभश्रीले उपाधि भिडन्त पक्का गरिसकेका छन् । राउन्ड रोविन लिगमा नाथम पहिलो र शुभश्री दोस्रो हुँदै फाइनल पुगेका हुन् । फाइनल खेल सोमबार हुनेछ ।

ब्वाइजको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । गल्र्समा पहिलो हुनेले ३० हजार र दोस्रोले २० हजार रुपियाँ प्राप्त गर्नेछन् । दुवै तर्फका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही पाँच हजार रुपियाँ प्रदान गरिने आयोजकले जानएको छ ।