• १३ असोज २०८१, आइतबार

बलेफी–३ मा क्यानोनिङ र रक क्लाइम्भिङ सुरु

blog

बलेफी गापा–३ चिलाउने स्थित ठूलो छाँगा(झरना) मा सञ्चालित क्यानोनिङ र रक क्लाइम्भिङको मज्जा लिँदै पर्यटक । तस्बिर : चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, साउन २८ गते ।
बलेफी गाउँपालिका–३ चिलाउनेस्थित ठूलो छाँगा(झरना)मा ‘क्यानोनिङ र रक क्लाइम्भिङ’ सुरु भएको छ । उक्त छाँगामा प्रशिक्षकहरुले तालिम दिन थालेपछि क्यानोनिङ र रक क्लाइम्भिकको मज्जा लिनेको घुँइचो लाग्ने गरेको स्थानीय युवा प्रितम गोले तामाङले जानकारी दिनुभयो ।

उहाँकानुसार ठुलो छाँगामा क्यानोनिङका लागि ३ स्तरको झरना रहेको छ । माथिल्लो झरनामा अर्थात (पहिलो) करिब ९ मिटरकोमा आधारभूत सिकाई गरिने, बिचको अर्थात(दोस्रो) १२ मिटरको झरनामा सिकेर केही जानेकाहरुलाई र तल्लो अर्थात तेस्रो झरना करिब १७ मिटरकोमा एडभान्सहरुका लागि उपयुक्त रहेको छ ।

प्रशिक्षक पेम्बा तामाङ, फुरादिकी शेर्पा र सुजल गुरुङले क्यानोनिङ र रक क्लाइम्भिङको तालिम दिँदै हुनुहुन्छ । उक्त साहसिक खेल खेल्दा उपनाउन पर्ने सुरक्षा नियमहरु डोरी लगाउने तरिका, झरनामा झर्ने, चड्ने तरिकाहरु सिकाउन थालेका छन् । आइतबारदेखि सुरु गरिएको उक्त साहसिक खेलमा अहिलेसम्म दर्जनौले तालिम लिँदै आएका छन् ।


बलेफी गाउँपालिकाकी उपाध्यक्ष सरु लामा तामाङले बलेफी गाउँपालिकाको २०८०/०८१ मा बिनियोजित ३ लाख ५० हजार बजेटबाट ठूलो छाँगामा(झरना)मा क्यानोनिङ र रक क्लाइम्भिङका लागि आधारभूत पूर्वाधार तयार गरेर साहसिक खेलको सुरुवात गरिएको जानकारी दिनुभयो । ‘ठुलो छाँगामा भूत लाग्छ, सातो जान्छ’ भन्ने मानसिकतालाई तोडेर त्यस्ता छाँगा, झरनामा विभिन्न खेलहरुको तालिम दिएर, खेल खेलाएर आम्दानी लिन सक्ने कार्यमा जनप्रतिनिधि जुटेको बताउनुभयो ।

बलेफी गाउँपालिकामा बिभिन्न रमणीय र पर्यटकीय स्थानहरु छन् । तिनीहरुलाई पर्यटकीय नगरीको रुपमा चिनाउन र त्यसबाट आम्दानी लिन सक्ने अभियानमा लागिरहेको उहाँले थप्नुभएको छ । राजधानीबाट ८५ किलोमिटरमा पुग्न सकिने उक्त स्थानको झरनाको प्रर्वद्धनका लागि प्रचारप्रसारमा लाग्नुपर्ने देखिन्छ । यसबाट स्थानीयको आर्थिक उर्पाजनमा टेवा मिल्ने पक्का छ ।