• १२ साउन २०८१, शनिबार

निर्वाचन स्वच्छ, भयरहित तथा निष्पक्ष गराउँछौँ : गृहमन्त्री खाण

blog

नेपाली काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्नुहँुदै काँग्रेस नेत्री डा. आरजु राणा देउवा । तस्बिर :पुष्कर भण्डारी

बोदेबर्साइन समाचारदाता  

बोदेबर्साइन (सप्तरी), वैशाख २३ गते । निर्वाचन आचारसंहिताको पालन गर्न‘ सरकारको दायित्व रहेको गृहमन्त्री बालकृष्ण खाणले बताउनुभयो । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सुरक्षा अवस्थाबारे जानकारी लिन जिल्ला दौडाहामा रहनुभएका गृहमन्त्री खाणले बिहीबार सप्तरीको राजविराजमा सुरक्षा संयन्त्रको गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । 

निर्वाचन स्वच्छ, भयरहित तथा निष्पक्ष तवरले गराउन सरकारले कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो । गृहमन्त्री खाणले स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि स्थानीय प्रशासनको तयारी र जिल्लास्थित निर्वाचन लक्षित सुरक्षा संयन्त्रको अनुगमन गरी त्यसबारे जानकारी लिनुभएको छ । 

सप्तरी, सिरहा र उदयपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रदेश १ र मधेस प्रदेशका डीआईजी तथा जिल्ला तहका सुरक्षा निकायका तीनवटै तहका सुरक्षा प्रमुख तथा अनुसन्धान प्रमुखसँगको संयुक्त सुरक्षा गोष्ठीमा चुनावी सुरक्षा व्यवस्थापनबारे जानकारी लिनुभएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

“खासगरी मधेसका जिल्लामा खुला सीमा नाका कारण हुन सक्ने अवाञ्छित गतिविधि प्रति संवेदनशील हुन र सजगता अपनाउन मन्त्रालयका तर्फबाट निर्देशन दिइएको छ,’’ प्रवक्ता पोखरेलले भन्नुभयो । 

निश्चित स्रोत साधन तथा अपुग जनशक्तिका बीच निर्वाचन गराउनुपर्ने चुनौतीलाई मध्यनजर गरी चुनावको सुरक्षाका लागि थप सचेत रहेको छलफलमा सहभागी सुरक्षा निकायका अधिकारीले भन्नुभएको छ ।