• १७ असार २०८१, सोमबार

झ्यालबाट लडेर महिलाको मृत्यु

blog

सल्यान, वैशाख १७ गते । गोठको झ्यालबाट लडेर जिल्लामा एक जना महिलाको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका–३ की ५५ वर्षीया चुडा घर्तीको गोठको झ्यालबाट लडेर शनिबार बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले शुक्रबार राति ९ बजेतिर खाना खाएर सुतेकी घर्ती शनिबार बिहानै उठेर बाख्रा बाँध्न गएको समयमा झ्यालबाट लडेकी बताउनुभयो । उहाँका अनुसार घटनास्थलमै मृत्यु भएको पाइएको छ ।शवकाे पोस्टमार्टम जिल्ला अस्पतालमा गरिएको र  घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी  दिनुभयो ।