• १८ असार २०८१, मङ्गलबार

प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने मल्लको घोषणा

blog

हिक्मत सिंह
डडेल्धुरा, वैैशाख १५ गते ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने  घोषणा गर्नुभएको छ  । बिहीबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमार्फत मल्लले सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट राजीनामा दिने घोषणा गर्नुभएको हो ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रुपमा आफुमाथि अन्याय गर्दै गएको र नेपाली काँग्रेसले समेत कारवाही गरिएकाले नैतिकताका आधारमा राजीनामा गरेको बताउनुभयो ।

काँग्रेसले केही दिन अघि पार्टीको साधारण सदस्य समेत नरहनेगरी मल्ललाई कारबाही गरेको थियो । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा उहाँले आफू निकट नेता कार्यकर्तालाई काँग्रेस बीपीबाट उम्मेदवारी दर्ता गर्न लगाएउनुभएको हो । पार्टीको आन्तरीक विवाद चुलिदै गएपछि र केन्द्रीय सभापतिबाट नै एक्ल्याउने प्रयास गरिएपछि आफु निकट नेताहरुलाई बीपी काँग्रेसबाट आसन्न निर्वाचनमा उम्मेदवार बनाएको मल्लले प्रष्ट पार्नुभयो ।

पार्टी विधि र विधान विपरीत आफूमाथि गरिएको कारवाही औचित्यहिन रहेको मल्लको भनाइ छ । स्थानिय तहको निर्वाचनका लागि मल्ल समूहले नेकपा एमालेसँग गठबन्धन गरी चुनावी तालमेलमा जुटेको छ । उहाँसँगै काँग्रेसको अर्को एक समूहले पनि पार्टीले परित्यागको घोषणा गर्ने तयारी गरिरहेको काँग्रेसका पूर्व जिल्ला समिति सचिव लोकराज भट्टले बताउनुभयो ।