• ८ वैशाख २०८२, सोमबार

एनेकपा र समाजवादीबीच एकता हुँदै

blog

काठमाडौं, वैशाख १५ गते । नेकपा (एकीकृत समाजवादी) पार्टी र आलोक रायमाझी नेतृत्वको एकीकृत नेपाल कम्युनिस्ट पार्टी (एनेकपा) बीच आज दिउँसो एकता हुने भएको छ ।

नेकपा(एमाले) का पूर्व वरिष्ठनेता माधवकुमार नेपाल अध्यक्ष रहनुभएको समाजवादी पार्टीले रायमाझी नेतृत्वको पार्टीसँगै आज नै चुनावी घोषणासभा कार्यक्रमसमेत गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । कार्यक्रम एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको सभाहलमा दिउँसो १ः०० बजे हुने जनाएको छ ।