• १३ साउन २०८१, आइतबार

दोलखामा गठबन्धनका साझा उम्मेदवारको मनोनयन दर्ता

blog

बाबुराम शर्मा 

चरीकोट, वैशाख १२ गते। आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि दोलखाबाट गठबन्धनका साझा उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।  नौ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र वडा अध्यक्षलगायत ३८८ पदका लागि साझा उम्मेदवारी मनोनयन दर्ता भएको हो। 

भीमेश्वर नगरपालिका नगरप्रमुखमा ईश्वरनारायाण मानन्धर (नेका) र उपप्रमुखमा सङ्गीता पाख्रिन ( समाजवादी), जिरी नगरपालिकामा नगरप्रमुखमा लाक्पा शेर्पा (नेका) र उपप्रमुखमा गेल्बु शेर्पा (माओवादी) ले मनोनयन दर्ता गराउनुभएको छ। 

त्यसैगरी कालिञ्चोक गाउँपालिकामा अर्जुनप्रसाद सिवाकोटी (नेका) र उपाध्यक्षमा कुलबहाुर बुढाथोकी ( माओवादी), वैतेश्वर गाउँपालिका अध्यक्षमा छवि लामा (नेका) र उपाध्यक्षमा लक्ष्मण खड्का (माओवादी), तामाकोसी गाउँपालिका अध्यक्षमा प्रोणप्रताप केसी (समाजवादी) र उपाध्यक्षमा सिर्जना सुवेदी (नेका), मेलुङ गाउँपालिका अध्यक्षमा रवीन्द्र कार्की (समाजवादी) र उपाध्यक्षमा भक्तबहादुर तमाङ (नेका), बिगु गाउँपालिका अध्यक्षमा सञ्जीव ओली (माओवादी) र उपाध्यक्षमा आङनिमा शेर्पा (नेका) ले मनोनयन दर्ता गराउनुभएको छ। 

त्यस्तै गौरीशङ्कर गाउँपालिका अध्यक्षमा विश्वास कार्की (माओवादी) र उपाध्यक्षमा श्यामसुन्दर तमाङ (नेका), शैलुङ गाउँपालिका अध्यक्षमा रिमालबाबु श्रेष्ठ (माओवादी) र उपाध्यक्षमा दावादोर्जे तमाङ (नेका) ले मनोनयन दर्ता गराउनुभएको छ। 

वडा अध्यक्ष र सदस्यको गठबन्धनमा सहमति नभएपछि अहिले मनोनयन दर्ता गराउने र पछि उम्मेदवारी फिर्ता लिने सहमति भएको नेपाली काँग्रेस जिल्ला सभापति बर्मा लामाले जानकारी दिनुभयो।