• २४ वैशाख २०८१, सोमबार

निर्वाचन आयुक्तद्वारा चन्द्रागिरि निर्वाचन अधिकृतको कार्यालय निरीक्षण

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, वैशाख १२ गते । स्थानीय तह सदस्य निर्वाचन मनोनयन दर्ताको दोस्रो दिन निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले सोमबार चन्द्रागिरि नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयको निरीक्षण गर्नुभएको छ । 

निर्वाचन अधिकृत सिर्जना थपलियाकाअनुसार चन्द्रागिरि नगरपालिकाको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको हो । आयुक्त डा. तुलाधरले निर्वाचन अधिकृतको कार्यालय, मनोनयनदर्ताको लागि गरिएको तयारीबारे जानकारी लिनुभयो । । सोहीअनुसार उहाँले मतदानपछि हुने मतगणनाका लागि तय गरिएको स्थानको समेत निरीक्षण गर्नुभएको थपलियाले जानकारी गराउनुभयो । 

सो अवसरमा आयुक्त डा. तुलाधरले उम्मेदवारी दर्ता गर्ने क्रममा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा महिलालाई प्राथमिकतामा राखेर मनोनयन दर्ताको व्यवस्था मिलाउन निर्देशन दिनुभएको निर्वाचन अधिकृत थपलियाले जानकारी गराउनुभयो । मनोनयन दर्ता प्रक्रियालाई सहज र चुस्त बनाउन भूमिका खेल्न उहाँले निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिनुभएको  थियो ।