• २४ वैशाख २०८१, सोमबार

प्रमुख दलले सोमबार उम्मेदवारी दर्ता गर्ने

blog

धीरज दाहाल
विराटनगर, वैशाख १२ गते ।
विराटनगरमा प्रमुख  राजनीतिक दलले सोमबार दिउँसो उम्मेदवारी दर्ता गर्ने भएका छन् ।

स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले दिउँसो १ बजे र नेकपा एमाले र नेकपा समाजवादीले दिउँसो ३ बजे उम्मेदवारी दर्ता गर्ने भएका हुन् ।

विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले दलहरुको समहतिमा सो सयमको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले उम्मेदवारी दर्ता गर्दा सहज होस् भन्ने उद्देश्यर प्रमुख राजनीतिक दलका लागि उम्मेदवार दर्ताका लागि समय छुट्टयाएकाे बताउनुभयो ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ ।

उम्मेदवारी दर्ताको पहिलो दिन विराटनगर महानगरपालिकामा प्रमुख पदमा तीन जनासहित वडाध्यक्षमा १८ र वडा सदस्यमा ३६ जानेले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।