• २४ वैशाख २०८१, सोमबार

पत्रकार महासंघका केन्द्रीय सदस्य आङबुहाङले दिनुभयो राजिनामा

blog

काठमाडौं, बैशाख १२ गते । नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य शान्ता आङबुहाङले पदबाट राजिनामा दिनुभएको छ । 

स्थानीय तहको निर्वाचनमा आठराई त्रिवेणी गाउँपालिकाको उपप्रमुख पदमा मनोनयन गर्ने तयारी गर्नुभएसँगै लिम्बुले पदबाट राजिनामा दिनुभएको नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिनुभयो । 

प्रेस स्वतन्त्रताको मर्मलाई मध्यनजर गरी आङबुहाङले राजिनामा दिनुभएको पत्रमा उल्लेख छ । यस अघि महासंघकी केन्द्रीय उपाध्यक्ष वाला अधिकारीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनयन दिनुभएसँगै राजिनामा दिनुभएको थियो ।