• ८ जेठ २०८१, मङ्गलबार

बलिउडका क्रिकेट क्रेज चलचित्र

blog

काठमाडौँ, वैशाख १२ गते । बलिउडमा सन् १९५९ देखि क्रिकेटको कथामा आधारित २९ वटा चलचित्र बनेका छन् । तीमध्ये हालै प्रदर्शनमा आएको शाहिद कपुुर अभिनित चलचित्र ‘जर्सी’ हो । क्रिकेटमा आधारित रहेर बनेका यी २९ चलचित्रमध्ये तीन सुपरहिट (लगान, जन्नत र धोनी), तीन हिट (काई पो चे, सचिन, फेरारी की सवारी) र १९ फ्लप रहेका छन् भने चारवटा चलचित्रको अवस्था अझै सार्वजनिक गरिएको छैन ।

अहिले क्रिकेटमा आधारित सात चलचित्र अङ्ग्र पङ्क्तिमा छन्, जसमध्ये चार यो वर्ष प्रदर्शनमा आउँदैछन् । अहिले यो एक वर्षमा भने क्रिकेटमा आधारित रहेको त्यति धेरै चलचित्र बनेका छैनन् । ‘जर्सी’ चलचित्र ‘८३’ पछि ४ महिनाको अन्तरालमा प्रदर्शनमा आएको दोस्रो चलचित्र हो तर हाल दुवैले बक्स अफिसमा आफ्नो खासै प्रभुत्व जमाउन भने सकेनन् । 

डिसेम्बर २०२१ मा ‘८३’ पछि, ४ महिनामा क्रिकेटको कथामा बनाइएको जर्सी दोस्रो चलचित्र हो । २८० करोडमा बनेको चलचित्र ‘८३’ ले १९३ करोड मात्रै उठाउन सक्यो । कलेक्सनकै आधारमा हेर्ने हो भने १९८ करोड रुपियाँ कमाएर चलचित्र ‘एमएस धोनी’ पहिलो नम्बरमा छ । यस्तै सबैभन्दा धेरै दर्शकले रुचाएर १.९३ करोड रुपियाँसम्म कमाउन सफल भएको आमिर खान अभिनित चलचित्र ‘लगान’ क्रिकेटको कथामा आधारित सबैको अब्बल चलचित्र बनेको छ ।                                                                                                                                                                                    -एजेन्सी